• १९ असार २०८१, बुधबार

चुनावपछि गठबन्धनले दुई तिहाइको सरकार बनाउँछ : मन्त्री कार्की

blog

सुनसरीको कोसी गाउँपालिकाको लौकहीमा आयोजित कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका नेता एवम् सरकारकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की। तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, असोज ३० गते। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि, कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि गठबन्धनले दुई तिहाइको सरकार बनाउने दाबी गर्नुभएको छ। 

सुनसरीको कोसी गाउँपालिकाको लौकहीमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर-४ क्षेत्रीय कार्य समितिले अयोजनामा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै उहाँले यस्तो बताउनुभएको हो। 

देशको विकास, सुशासनको पक्षमा काम गर्ने पार्टी कांग्रेस भएको र त्यसमा आवद्ध गठबन्धनको समेत योगदान रहेकाले निर्वाचनपछि दुई तिहाइको सरकार बन्ने उहाँको दाबी छ। 

नेपाली जनताले निर्वाचनपछि पूर्ण लोेकतन्त्रको अनुभूतीसहित संविधानको भावना अनुसारको काम भएको अनुभव गर्न पाउने उहाँको भनाइ छ। संविधानको रक्षा, जनभावनाको कदर गर्दै विकास गर्ने जिम्मा कांग्रेससहितको गठबन्धनको भएको उहाँले प्रष्ट पार्नुभयो।

सुनसरी क्षेत्र नम्बर ४ को प्रतिनिधि सभाका उम्मेदवार रहनुभएका कार्कीले सुनसरीको सीमादेखि रामधुनीसम्मको सडकमा कालोपत्रेदेखि प्रत्येकको खेतमा सिचाई, आरक्ष क्षेत्रमा जगंली जनावरको आतंक नियन्त्रण गर्ने बताउनुभयो। 

उहाँले आफू यसक्षेत्रमा कोशी टप्पु वन्यजन्तु आरक्षलाई निकुञ्जमा परिणत गर्ने पहल गरेको, जगंली जनावरको आतंक नियन्त्रणका क्रममा बोलेरो गाडीको व्यवस्था गरेको र घाइतको उपचार तथा जंगली जनावरको आतंकबाट मृत्यु भएका परिवारलाई पाँच लाखबाट १० लाखसम्मको राहत सहयोग गर्ने निर्णय आफ्नै पहलमा गरेको बताउनुभयो। 

सुनसरीलाई समृद्ध क्षेत्र बनाउने भएकाले सबैलाई यसपाली निर्वाचनमा पुनः मतदान गरेर विजयी गराउन उहाँले अपिल गर्नुभएको छ।