• १३ साउन २०८१, आइतबार

शृङ्गपथमा पहिरो जाँदा चार जिल्लाको आवागमन प्रभावित

blog

शृङ्ग पथमा गएको पहिरो ।

तनहुँ, असोज २७ गते । तनहुँको भीमाद हुँदै गुड्ने शृङ्गपथ सडक खण्डमा सडक भासिँदा तनहुँसहित चार जिल्लाका मानिसहरूको आवागमनमा ठप्प भएको छ । दसैँको समयमा परेको आधा दर्जन ठाउँमा पहिरो गएकोले आवागमनमा समस्या परेको घरिङ गाउँपालिका निवासी अञ्जन परियारले जानकारी दिनुभयो ।

 अविरल वर्षाले घिरिङ गाउँपालिका–५ देउरालीमा सडक भासिँदा  तनहुँका ऋषिङ्ग, घिरिङ,सहित स्याङ्जा,पाल्पा र नवलपरासी गुड्ने सवारीसाधन रोकिएको परियारले बताउनुभयो ।  सवारी ठप्प हुँदा लामो दुरी पैदल हिँड्न स्थानीय बासिन्दा बाध्य भएको उहाँले बताउनुभयो  ।   

उक्त सडक बाहेक वैकल्पिक मार्गको रूपमा रहेको भीमाद, ऋषिङ्गपाटन हुदै ऋषिङ्ग भञ्ज्याङ्गदेखि  घिरिङ देउराली जान सकिने भए पनि ठाउँ ठाउँमा पहिरा खसेर अवरोध भएकोले स्थानीय पालिकाले डोजरको प्रयोग गरी पहिरो हटाउने काम भइरहेको परियारले जानकारी दिनुभयो ।

 यात्रुहरूको समस्यालाई दृष्टिगत गरी सडक खुलाउने काम भइरहेको तत्कालको लागि यताको गाडी यतै र उताको गाडी उतै व्यवस्था मिलाई यात्रुलाई गन्तव्यसम्म पुराउने योजना बनाइएको घिरिङ गाउँपालिकाका अध्यक्ष हेमबहादुर थापाले जानकारी दिनुभयो । उक्त सडक भएर सवारीसाधन गुड्ने चार वटै पालिकासँग समन्वय गरी जति सक्दो चाँडो दीर्घकालीन रूपमा सुचारु गर्न पहल भइरहेको अध्यक्ष थापा बताउनुहुन्छ । ‘छिटो काम पूरा गर्न रातको समयमा समेत डोजरको प्रयोग गरेका छौँ एक साताभित्र सडक खुलाउने प्रयास भइरहेको छ’ अध्यक्ष थापाले भन्नुभयो । 

Author

अमरराज नहर्की