• १९ असार २०८१, बुधबार

मगर गोहीले बाख्रो मार्‍यो

blog

अविनाश चौधरी

धनगढी, असोज २४ गते । कैलालीमा सोमबार मगर गोहीले एक बाख्रो मारेको छ । घोडाघोडी नगरपालिका –४ सुन्दरपुरमा रहेको घोडाघोडीको शाखा ताल टेडी पर्सिनियामा रहेको गोहीले स्थानीय डेगबहादुर खत्रीको बाख्रा मारेको हो । 

तालको बाँधमा चरिरहेको बाख्रालाई मगर गोहीले आक्रमण गरेर तालमा लगेको थियो । स्थानीयले गोहीबाट बाख्रा छुटाउँदासम्म बाख्रा मरिसकेको शिक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । तालमा रहेको गोहीले मानिसलाई पनि आक्रमण गर्न सक्ने भन्दै स्थानीयवासीलाई सचेत पारिएको छ । 

घोडाघोडीसहित त्यसका शाखा तालहरूमा मगर गोहीको बसोबास रहेको छ । मगर गोही आक्रामक र रिसाहा प्रजातिमध्ये मानिन्छन् ।