• ८ वैशाख २०८१, शनिबार

हात्ती प्रजनन केन्द्र बन्दै कोसीटप्पु

blog

सचिन पोख्रेल

कोसीटप्पु, असोज १२ गते ।  विश्वमा दुर्लभ अर्ना संरक्षणका लागि स्थापित कोसीटप्पु वन्यजन्तु आरक्ष पछिल्लो समय प्रदेश १ को हात्ती प्रजनन केन्द्रको रूपमा विकास हुँदै आएको छ । आरक्षमा रहेका ढोइ हात्तीले छावा जन्माउने क्रम बढ्दो छ । आरक्षमा अहिले पाँचवटा हात्तीका छावा हुर्कने क्रममा छन् । 

२०३२ सालमा स्थापना गरिएको आरक्षमा संरक्षित अर्नालगायतका वन्यजन्तुको नियमित गस्ती, अनुगमनसहित पर्यटकको सेवाका लागि दसवटा हात्तीको दरबन्दी कायम छ । आरक्षमै प्राकृतिक रूपमै हात्ती प्रजनन हुन थालेपछि अहिले आरक्षको स्वामित्वमा १५ वटा हात्ती पुगेका छन् । आरक्षबाट केही वर्षअघि काजमा चितवन राष्ट्रिय निकुञ्जमा लगिएका पाँचवटासहित हाल आरक्षमा १५ वटा हात्ती रहेको आरक्षका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले जानकारी दिनुभयो । पछिल्लो समय हात्ती प्रजननको अवस्थालाई हेर्दा प्रजनन कोसीटप्पु वन्यजन्तु आरक्ष प्रजनन केन्द्रको रूपमा विकास हुँदै गएको प्रमुख संरक्षण अधिकृत यादवले बताउनुभयो । 

कोसीटप्पुमा अहिले पाँचवटा छावा जन्मिएर हुर्कंदै छन् । यस्तै आरक्षमा एक महिना, दुई महिना, तीन वर्ष, चार वर्ष र पाँच वर्षका यहीँ जन्मिएका छावा रहेका छन् भने ठूूला पाँचवटा हात्ती छन् । आरक्षमा रहेका पोथी हात्तीसँग संसर्गका लागि क्षेत्रमा बस्दै आएका जङ्गली हात्ती आउने गरेका छन् । जङ्गली हात्तीसँगको संसर्गबाट आरक्षका पोथी हात्ती गर्भिणी हुने र बच्चा जन्माउने 

गरेका छन् ।