• १६ चैत २०८०, शुक्रबार

भगवतीको मन्दिर पसिरमा २ सय वर्ष पुरानो ढुङ्गेधारा राखिने

blog

निशान मन्दिर अगाडि पुरानो ढुङ्गेधारा निर्माण गर्दै कालीगढ । तस्बिर : गोरखापत्र

कबिराज घिमिरे      

हिले, असोज १२ गते । धनकुटाको ऐहिाशिक निशान भगवतीको मन्दिर पसिरमा २ सय वर्ष पुरानो ढुङ्गेधारा राख्ने तयारी गरिएको छ ।

२ सय ४७ वर्ष पहिले स्थापना गरिएको निशान भगवतीको मन्दिर परिसरको भित्री भागमा त्यहाँ रहेको तीन वटा पल्टनका लागि पनि छुट्टाछुट्टै ढुङ्गेधारा स्थापना गर्ने तयारी गरीएको हो । 

निर्माण गर्न लागिएको ३ वटा पुरानो शैलीका ढुङ्गेधारा मन्दिरको मूलगेटभन्दा भित्र रहने मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन गोठालेले जानकारी दिनुभयो ।  मुख्य गरेर त्यहाँ रहेको जङ्गी निशान गण, श्रीजंग गण र इन्द्रध्वज गणको निशानको नाममा छुट्टाछुट्टै ढुङ्गेधारा निर्माण गर्न लागिएको हो । 

मन्दिरको मूलगेट नजिकै सडक पटि फर्काएर २ सय वर्ष पुरानो ढुङ्गे हिटी धारा स्थापना गर्ने गरी कार्य अघि बढाइएको छ ।  अबको ६ महिना भित्रमा धारा सञ्चालनमा आउनेछ र उक्त धारा सर्वसाधरणको लागि निशान मन्दिरको बाहिरी भागमा खुल्ला राखिनेछ ।

नेपाली सेनाको भीमदल गण सल्लेरी धनकुटाले अघिल्लो साताबाट काम थालेको छ । मन्दिरको  भित्र ३ वटा र बाहिर १ वटा गरी ४ वटा ढुङ्गेधाराको स्थापनाका लागि सेनाले काम शुरु गरेको हो ।

गणका गणपति प्रमुख सेनानी सुमन थापाले आगामी ६ महिनाभित्रमा निशान मन्दिरको नयाँ प्रवेशद्धार र ४ वटा हिटी ढुङ्गेधाराको स्थापना गर्ने बताएका छन् । 

निशान मिन्दर व्यवस्थापन समितिको संरक्षकसमेत रहेका उनले हाल रहेको प्रवेशद्वारलाई भत्काएर भित्र रहेको निशान मन्दिरको शैलीमा नयाँ प्रवेशद्वार निर्माण गरिने बताउनुभयो । मन्दिरलाई थप शोभायमान बनाउनको लागि नयाँ संरचना थप्न लागिएको समेत गणपति थापा बताउनुहुन्छ ।

उक्त धारा वि.सं.२ ०५२ सालमा धनकुटा हिले लोकमार्ग निर्माण गर्ने क्रमममा धनुकटाको जिरोपोइन्टमा रहेको ओडार भेटिएको थियो । त्यो बेला उक्त धारा संरक्षण र सुरक्षाको कारणले तत्कालिन क्षेत्रीय सङ्ग्रहालय हालको प्रदेश सङ्ग्रहालय धनकुटामा राखिएको थियो । 

पुरातात्विक विभागले उबेला धनकुटा–७ जिरोपोइन्टमा भेटिएको ढुङ्गेधारा २ सय वर्षभन्दा पनि पुरानो रहेको प्रदेश सङ्ग्रहालयका प्रमुख रामचन्द्र अधिकारीले बताउनुभयो ।