• ८ वैशाख २०८१, शनिबार

मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

blog

फिदिम, असोज ११ गते । पाँचथरमा मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेको टोलीले उनीहरूलाई चोरीको एउटा मोटरसाइकल सहित पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा फिदिम न.पा. ४ का २१ वर्षीय सुशील योङहाङ र फिदिम १ का बस्ने २० वर्षीय अविनाश राई छन् । उनीहरूले फिदिम १ का इन्द्र बहादुर कुरुम्वाङको मे.८.प.६६० नम्बरको पल्सर मोटरसाइकल चोरी गरेर लैजाँदै गर्दा मोटरसाइकल सहित पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।

सोमवार पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान प्रक्रिया सुरु गरिएको पनि राईले जानकारी दिनुभयो ।

Author

राधा लुइँटेल