• १३ साउन २०८१, आइतबार

आँट बिक्रीबाट दशैँको जोहो

blog

सिन्धुली  समाचारदाता

रामटार (सिन्धुली), असोज ९ गते । सिन्धुलीको सुनकोसी गाउँपालिका–३ की ७० वर्षीया सुन्तलीमाया मगरलाई यतिखेर जङ्गली फल आँटी बेच्न भ्याइनभ्याइ छ। नजिकै आएको बडादशैँ मान्न खर्च जुटाउन आँट (आँटी, सरिफाजस्तै) भरपर्दो स्रोत बनेको उहाँले बताउनुभयो। 

उहाँले भन्नुभयो, “हरेक दिन बिहान झिसमिसेदेखि साँझ झमक्क नहुन्जेल आँट बिक्री भइरहन्छ। बीपी राजमार्ग हुँदै गाडीमा हुइँकिने यात्रु नै मेरा ग्राहक हुन्।” बीपी राजमार्गअन्तर्गत झा“गाझोली रातमाटाको बलराम चोक उहाँको आँटी बेच्ने थलो बनेको छ। 

उहाँले भदौदेखि कात्तिकसम्म तीन महिना आँट बिक्रीबाट मनग्गे कमाइ हुने गरेको सुनाउनुभयो। “परिवारका अन्य सदस्यहरूलाई जङ्गलमा आँट खोज्न पठाउँछु,” उहाँले भन्नुभयो, “म बूढी मान्छे आँट बेच्न दोबाटो कुरेर बस्छु।” उहाँले एक महिनाको अवधिमा पुग नपुग एक लाख रुपिया“ आम्दानी गरेको र यो वर्षको दशैँको पिरलो नभएको पनि सुनाउनुभयो। प्रतिकिलोको ८० देखि सय रुपिया“सम्ममा बिक्री हुने आँटबाट भएको आम्दानीले चाडबाड राम्रोस“ग मान्न पुग्ने सुन्तलीमाया सुनाउनुहुन्छ। उहाँले भन्नुभयो, “दिनमा तीन हजारदेखि पाँच हजार रुपियाँसम्मको आँटी बिक्री गर्छु। जङ्गलमा गएर ल्याए सित्तै पाइन्छ। बारीमा लगाएको भने तीसदेखि चालीस रुपिया“ प्रतिकिलो खरिद गर्नु पर्दछ।” 

सुनकोसी गाउँपालिकाकै लखनपुरका किसान इन्द्रबहादुर मगरले पा“च वर्ष अघिसम्म आफ्नो बारीकान्लामा वरिपरि रहेका आँटी फलका बिरुवाहरू मास्नुभयो। अन्य बालीलाई क्षति गर्ने भन्दै मासेको आँटी बिक्रीबाट मनग्गे आम्दानी हुन थालेपछि उहाँ यतिखेर पछुताउनु भएको छ। “खनखनी नगद आउने फल रहेछ, समयमै चिन्न सकिएन,” उहाँले भन्नुभयो, “सुनकोसी गड्तिर क्षेत्रको जङ्गल तथा बारीमा भएको आँट फल बिक्रीबाट सयौँ स्थानीयले मनग्गे आम्दानी गर्न थालेका छन्।”

वर्षौंसम्म मिहिनेत नगरी नै फल्ने आँटको पछिल्लो समय बजारमा माग पनि बढेको उहाँले सुनाउनुभयो। बीपी राजमार्गसँगै भित्री सडकहरू विस्तार भएपछि पहिले जस्तो किसानका उत्पादनले बजार नपाउने समस्या नरहेको स्थानीय बताउँछन्। आँटले अघिल्ला वर्षहरूभन्दा अहिले भाउ पाएकाले किसानको आम्दानी बढेको सुनकोसी गाउँपालिका–४ लखनपुर निवासी शान्ता श्रेष्ठले बताउनुभयो। 

सुनकोसी गाउँपालिका–६ शित्तलपाटी चैनपुरका वीरबहादुर सार्की चार वर्षदेखि आफूले पनि प्रत्येक वर्ष आँटी बिक्री गरी ५० हजार रुपियाँसम्म आम्दानी गर्दै आएको बताउनुहुन्छ। “केही वर्ष पहिलेसम्म आफैँले ढाकर, डोकोमा बोकेर सिन्धुली सदरमुकाम पु¥याउन पथ्र्यो, त्यो बेला एक ढाकर आँटीबाट दुई हजार पनि आम्दानी हुँदैनथ्यो”, उहाँले भन्नुभयो, “अहिले त फल्न मात्र प¥यो, बजारको समस्या छैन।” यतिबेला बोहोरेटारमा आँटीको बजार नै लागेको छ।