• १५ चैत २०८०, बिहिबार

मन परेका तस्बिर

blog

काठमाडौं, असोज १ गते । 


बिरामीलाई स्ट्रेचरमा बोकेर स्वास्थ्य चौकी लैजाँदै : बझाङको खप्तडछान्ना गाउँपालिकाको छान्नाबासीले  बिरामीलाई स्ट्रेचरमा बोकेर तमैल बजारमा रहेको स्वास्थ्य चौकीमा  लैजाँदै । 

बन्जी पुल र  कुश्मा बजारको दृश्य : पर्वत र बागलुङलाई जोडेर निर्माण गरिएको बन्जी पुल  । पुल पारी कुश्मा बजारको दृश्य। 

चर्खामा धागो काढ्दै वृद्धा : पोखरा माटेपानीकी जुनामाया गुरुङ चर्खामा  धागो काढ्दैै । पछिल्लो समय ऊनलाई चर्खामा घुमाएर धागो निकाली राडीपाखी र अन्य कपडा बनाउने प्रचलन लोप हुँदै जान थालेको छ । 


खुलेको आकाश र हरियालीको दृश्य : जयपृथ्वी नगरपालिकाको जोशीगाउँबाट देखिएको  पणेश, गोलाइ, बाझगाउँलगायतका स्थानको हरियाली र खुलेको आकाशको  दृश्य ।


मनै लोभ्याउने रारा ताल : आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र  बनेको मुगु जिल्लास्थित रारा ताल  । नेपालको सबैभन्दा ठुलो यो ताल  समुन्द्री सतहबाट २९९० मिटरको उचाइमा,  १६७ मिटर गहिराइ, ५ किमी लम्वाइ, ३ किमी चौडाइ र १० दशमलव ८ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ । 


पर्यटक : मानसरोवर कैलाशको दर्शन गर्न हुम्ला पुगेका पर्यटक सिमकोट लाग्नामा दृश्य अवलोकनका साथै मनोरञ्जन लिँदै  । 


ग्वारखोला पुल : दाङको तुलसीपुरस्थित ग्वारखोलामा कपडादेवी जहदा जोड्ने पुल । पुल निर्माण भएपछि स्थानीयलाई आउजाउमा सहज भएको छ ।


ग्राहकको प्रतिक्षामा भाँडा व्यापारी : मोरङको बेलबारी बजारको सडक छेउमा  माटाको भाँडा बिक्री गर्न ग्राहकको प्रतीक्षामा बसेका व्यापारी । केराबारी–९, देवी वझोडाका व्यापारी देवनारायण पण्डितले पूर्खेली पेसाको रुपमा यस कामलाई अङ्गालेर घर खर्च टार्दै आएका छन् । 


याक गोठ : समुद्र सतहदेखि चार हजार २०० को उचाई पर्ने ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—७, ओलाङचुगोलास्थित मौवाटारमा रहेको याक गोठ ।


मकै भण्डारण : म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकममा घरको धुरीको टेकोमा झुण्डाएर राखिएको मकैको झोता । ग्रामीण क्षेत्रमा यसैगरी परम्परागतरुपमा मकै भण्डारण गरिन्छ ।


मेलम्ची खोला : हेलम्बू गाँउपालिका १ चिउरीखर्कबाट देखिएको मेलम्ची खोला ।  


विक्रीका लागि राखिएको हिमाली जडीबुटी : बेलबारीको सोमबारे बजारमा बिक्रीका लागि राखिएको हिमाली जडीबुटी । विशेष गरी शेर्पा जातीले जडिबुटी विक्री वितरण गर्ने गरेका छन् । तस्बिर : रासस