• १३ साउन २०८१, आइतबार

पोखरामा शाकाहारी महोत्सव हुँदै

blog

कास्की समाचारदाता

कास्की, भदौ ३० गते । पोखरामा आगामी असोज २ देखि ४ गतेसम्म ‘हिमालयन भिगन महोत्सव–२०७९’ हुने भएको छ। यसलाई ‘प्रथम बृहत् तथा विशुद्ध शाकाहारी अन्तर्राष्ट्रिय महोत्सव’ नाम दिइएको छ। वल्र्ड भिगन अर्गनाइजेसन नेपालको आयोजना तथा नेपाल भेजिटेरियन सोसाइटी पोखराको सहआयोजनामा महोत्सव हुने भएको छ। 

महोत्सवमा एक सयभन्दा बढी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वक्ताले ज्ञान र अनुभव बाँड्ने आयोजक संस्थाका कार्यकारी अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो। सो महोत्सवमा ७५ भन्दा बढी सूचनामूलक प्रदर्शनी, कलाकारको सहभागिता, भिगन खानाका बिक्री कक्ष, भिगन प्रतिस्पर्धा, पाक शिक्षा प्रदर्शनी, चलचित्र प्रदर्शन, अन्तक्र्रिया, फिटनेस पार्क, पाँच किमि म्याराथन दौड र बाल क्रियाकलाप समावेश हुनेछन्।