• १३ साउन २०८१, आइतबार

अपाङ्गता भएका महिलालाई तालिम

blog

कावासोती समाचारदाता

कावासोती, भदौ २९ गते  । नवलपुरका अपाङ्गता भएका महिला तथा आश्रित परिवारलाई आत्मनिर्भर बनाउन आवाससहित सिलाइ कटिङ तालिम सञ्चालन गरिएको छ।  अपाङ्गता भएका व्यक्ति तथा परिवारलाई सिलाइकटाइको ६५ दिने आवाससहितको तालिम सञ्चालन गरिएको हो।

कोपिला नेपाल, पोखराकी कार्यकारी निर्देशक बीनाकुमारी सिलवालले शैक्षिक योग्यताले मात्र स्वरोगार हुन नसकिने हुँदा जीवनभरलाई उपयोगी हुने गरी सीप सिकेर स्वरोगार बनाउन सो तालिम सञ्चालन गरिएको बताउनुभयो। 

अशक्त व्यतिmले पनि सीप सिके आफू जहाँ बसेर पनि त्यसको सदुपयोग गर्न सक्ने र आम्दानीको स्रोत बलियो बनाउन सक्षम हुने भनाइ उहाँको छ। गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेक ११ जिल्लामा महिला, बालबालिका, मनोसामाजिक, द्वन्द्व तथा यातनापीडितका लागि कोपिला नेपाल विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।