• २७ पुस २०८१, शनिबार

चार्ल्स बेलायतका नयाँ राजा

blog

काठमाडौँ, भदौ २५ गते । स्वर्गीय महारानी एलिजाबेथ द्वितीयाका पुत्र राजकुमार चार्ल्स बेलायतको नयाँ राजा बन्नुभएको छ । उहाँलाई उत्तराधिकारी घोषित गर्दै बेलायतको राजगद्दी हस्तान्तरण गरिएको बीबीसीले जनाएको छ । महारानीको निधनको शोक कायमै रहेकाले कुनै ठूलो समारोहको आयोजना नगरी राजगद्दी हस्तान्तरण गरिएको हो ।  

उहाँले भविष्यमा राजगद्दी सम्हाल्दा प्रयोग गर्ने नाम तय भइनसके पनि राजा चार्ल्स तृतीय नामले शासन गर्ने वा हजुरबुबाको थर राखेर राजा बन्ने भन्ने चर्चाको विषय बनेको छ । यद्यपि सो तय गर्ने जिम्मा स्वयं राजकुमार चार्ल्सलाई नै सुम्पिइएको छ ।

राजमुकुट पहि¥याएर औपचारिक राजा घोषणा गर्ने कार्य केही समयपश्चात् हुने बेलायतको बकिङ्घम राजदरबारले जनाएको छ । उहाँकी आमा महारानी एलिजाबेथ द्वितीयाले आफ्ना बुबाको निधनपश्चात् सन् १९५२ मा बेलायतको राजगद्दी सम्हाल्नुभएको थियो । पनाति पुस्तासँग साक्षात्कार गर्दै ९६ वर्षमा महारानीको निधन बिहीबार भएको थियो ।