• २८ पुस २०८१, आइतबार

सुनुवाइका लागि पत्राचार

blog

काठमाडौँ, भदौ २३ गते । न्यायपरिषद्ले सर्वोच्च अदालतमा सिफारिस तीन प्रस्तावित न्यायाधीशको नाम संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउन पत्राचार गरेको छ। परिषद्को पत्राचारअनुसार संसदीय सुनुवाइ समितिले अब प्रक्रिया अघि बढाउनेछ। समिति सचिवालयले सुनुवाइका लागि पत्र आएको तर प्रारम्भिक बैठकबाट कुनै निर्णय नभएको जनाएको छ। प्रतिनिधि सभाको कार्यकाल आउँदो असोज १ गतेसम्म मात्र कायम रहने अवस्थामा सुनुवाइको सम्पूर्ण कार्यविधि पूरा गरेर प्रक्रिया सम्पन्न हुने अवस्था न्यून छ। 

परिषद्ले मङ्गलबारको निर्णयअनुसार नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीको नाम सुनुवाइका लागि पठाएको हो। सिफारिसमा पर्नुभएकी दीक्षित हाल उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश हुनुहुन्छ। शर्मा उच्च अदालत जनकपुरमा कायममुकायम मुख्य न्यायाधीश हुनुहुन्छ भने पराजुली नेपाल ल क्याम्पसका प्रमुख हुनुहुन्छ।