• ५ जेठ २०८१, शनिबार

मिडिया काउन्सिल विधेयक समितिमा

blog

काठमाडौँ, भदौ २३ गते । प्रतिनिधि सभाले नेपाल मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ। बुधबारको बैठकले विधेयक समितिमा पठाएको हो। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रस्तावमा विधेयक समितिमा पठाइएको हो। विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय भइसकेपछि समितिमा पठाइएको हो। सरकारले विधेयकमा स्वीकार गर्ने विषयसमेत प्रतिनिधि सभा सचिवालयलाई उपलब्ध गराइसकेको थियो तर सदनबाटै पारितको तयारी भएको विधेयक समितिमा पठाइएको हो। 

अब प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा विधेयकमाथि प्राप्त संशोधनमा छलफल हुनेछ। 

विधेयकमाथि राष्ट्रिय सभाले संशोधन गरिसकेका विषयमा पनि पुनः संशोधन परेको छ। प्रस्तावना, काउन्सिलका पदाधिकारी नियुक्ति र संरचना, पदाधिकारीको योग्यता काउन्सिलको क्षेत्राधिकारलगायतका विषयमा संशोधन दर्ता भएका छन्। 

सत्तारूढ दल नेपाली कांग्रेसका गगन थापा, प्रकाश रसाइलीलगायतले राष्ट्रिय सभाले संशोधन गरिसकेकै विषयमा संशोधन दर्ता गर्नुभएको हो। विधेयकमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन, यशोदा गुरुङ, रेखा शर्मा, अमृता थापामगरलगायतका पनि संशोधन छन्।