• ७ जेठ २०८१, सोमबार

सर्वोत्कृष्ट कर्मचारी पाइएन

४० जना निजामती कर्मचारी पुरस्कृत

blog

काठमाडौँ, भदौ २३ गते । सरकारले आठ वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी फेला पार्न सकेको छैन । सदाचार र सक्षमतालाई प्रमुख आधारमानी एक जना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी पुरस्कृत गर्ने परम्परा भए पनि आठ वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटिएको छैन ।

२०७१ सालमा तत्कालीन सचिव शान्तराज सुवेदी सर्वोत्कृष्ट निजामती कर्मचारी घोषणा हुनुभएको थियो । सरकारले बुधबार १९औँ निजामती सेवा दिवस मनाउने क्रममा उत्कृष्ट निजामती सेवा पुरस्कार दस जना र निजामती सेवा पुरस्कारबाट ३० जना कर्मचारीको नाम घोषणा गरिए पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भने नभेटिएको जनाएको छ । 

पूर्वसचिव कृष्ण ज्ञवालीले नेपालको निजामती सेवाको शासकीय सुधार हुन नसक्दा निजामती प्रशासनले प्रदान गर्ने सेवाप्रति सेवाग्राही सन्तुष्ट नभएकाले सर्वोत्कृष्ट कर्मचारी नभेटिएको हुनसक्ने बताउनुभयो ।