• १३ वैशाख २०८१, बिहिबार

एमाले महासचिव पोखरेलको एकल नाम सिफारिस

blog

गोकर्ण पौडेल 

तुलसीपुर, भदौ १९ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलको नाम एकल सिफारिस गरिएको छ । एमाले क्षेत्रीय समन्वय कमिटीको आइतबार घोराहीमा बसेको बैठकले महासचिव पोखरेललाई प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एकल उम्मेद्वार छनोट गरेर पठाएको हो । 

नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनका अनुसार पोखरेलको नाम सर्वसहमतिमा सिफारिस भएको हो । महासचिव पोखरेल २०७४ सालको निर्वाचनमा लुम्बिनी प्रदेश सभाका लागि क्षेत्र २ प्रदेश सभा (ख) बाट निर्वाचित भई मुख्यमन्त्री बन्नुभएको थियो । 

त्यस्तै, क्षेत्र नम्बर ३ बाट एमालेका उपाध्यक्ष युवराज ज्ञवालीसहित केन्द्रीय सदस्यहरु घनश्याम पाण्डे र कोमल वलीको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । त्यस्तै, दाङ १ का लागि शान्ता चौधरी, गङ्गा सत्गौंवा थारु र रेवतीरमण शर्मा सिफारिस हुनुभएको छ ।