• १३ साउन २०८१, आइतबार

रोकिएन सालका लाथ्रा काटिने क्रम

blog

पविता पौडेल

सैनामैना (रुपन्देही), भदौ १९ गते । बुटबलको चरङ्गे साझेदारी वनमा हुर्कंदै गरेका सालका लाथ्रा काटिएका छन्। आफूहरूले निरन्तर गस्ती गर्दा पनि गस्तीटोलीको आँखा छलेर रुख काटिने गरेको शिवनगर सामुदायिक वनका कर्मचारीले बताएका छन्।

सामुदायिक वनका पदाधिकारीसहितका सदस्यले निगरानी राखे पनि रुख काटिने क्रम रोकिएको छैन। ‘पटक पटक हामीले रुख काट्दै गरेको भेट्टाएर हतियार र डोको, नाम्लो खोसेका छौँ तर फेरि पनि आँखा छलेर काटिहाल्छन्,’ शिवनगर सामुदायिक वनका सदस्य रचना श्रेष्ठ भन्नुहुन्छ, ‘आँखा छलेर चोरी गर्नेलाई चिनेर पनि केही गर्न सकिएको छैन।’ ‘वन कार्यालयमा कर्मचारीको पनि कमी छ, थप कर्मचारी राख्न बजेट नहुँदा हामीले पालैपालो गस्ती गर्दै आएका छौँ’, उहाँले भन्नुभयो। गाउँलेले नै आफ्ना घरेलु आवश्यकता पूरा गर्न कलिला सालका रुख काट्ने गरेको श्रेष्ठको आरोप छ।