• ७ वैशाख २०८१, शुक्रबार

प्युठानमा जीप दुर्घटना, तीनको मृत्यु १५ घाइते

blog

बिजुवार, साउन ३० गते । प्युठानको नौबहिनी गाउँपालिका– ६ बहाने नजिक खहरेखोलामा आईतबार साँझ भएको जीप दुर्घटनामा एकैघरका दुई नावालिकासहित ३ जनाको मृत्यु भएको छ ।

प्युठानको बाग्दुलाबाट डामृ तर्फ जाँदै गरेको  लु १ ज १५४५ नंवरको जीप दुर्घटना हुँदा नौबहिनी ५ डामृ निवासी  जीप चालक  २५ वर्षीय लुकेश थापा सहित रेमसरा बुढा मगरको छोरी चार वर्षीया  करुणा बुढा र २५ दिनका नावालिका चेतना बुढा मगरको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक  थापाका अनुसार घाइतेको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो । दुर्घटनाका घाईते भएका  १५ जनाको बिजुवार अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । अनियन्त्रित हुँदा जीप सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटना भएको थियो । 

Author

सलिम मिया