• १६ चैत २०८०, शुक्रबार

त्रिशूली नदीमा ट्रक खस्यो

blog

काठमाडौं, साउन २८ गते । इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । मुग्लिन नजिकैको इच्छाकामना गाउँपालिका –५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट शनिबार बिहान ९ बजे ट्रक त्रिशूली नदीमा खसेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । 

इँटाको टुक्रा देखिएको तर नम्बर खुल्न नसकेको उहाँले जानकारी दिनुभयो । के कति क्षति भयो विवरण आउन बाँकी रहेको र घटना स्थलमा टोली गई सकेको उहाँले बताउनुभयो ।