• २० असार २०८१, बिहिबार

अरहान्त र कृष्णालाई स्क्वास उपाधि

blog

राष्ट्रिय स्क्वास प्रतियोगितामा प्रतिस्पर्धा गर्दै कृष्णा थापा । तस्बिर : ग्राफिक आर्टस

काठमाडौं, साउन २१ गते । चौथो धन लक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि अरहान्त केशर सिम्हा र कृष्णा थापाले जित्नुभएको छ । सातदोबाटोस्थित राष्ट्रिय स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा अरहान्तले अमृत थापामगर र कृष्णाले विपना ब्लोनलाई हराउँदै उपाधि जित्नुभएको हो । 

पुरुष ओपनमा अरहान्तले अमृतलाई ३–० को सेटमा हराउनुभयो । उहाँले ११–४, ११–७, ११–६ को जित निकाल्नुभएको थियो । उपाधि सहित अरहान्त २५ हजार रुपियाँ र उपविजेता अमृतले १५ हजार रुपियाँ पाउनुभयो । 

महिला ओपनमा कृष्णाले विपनालाई ३–० को सेटमा हराउनुभयो । उहाँले ११–७, ११–७, ११–७ को जित निकाल्नुभयो । उपाधि सहित कृष्णाले १८ हजार र उपविजेता विपनाले ११ हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

५० वर्षमाथि भेट्रान्समा सुदीपबहादुर सिंह, जुनियर ओपनमा विकाश मगर र मेन्स प्लेटमा प्रज्ञा जोशी च्याम्पियन बन्नुभयो । साउन १६ गतेबाट सुरु भएको प्रतियोगितामा एक सय खेलाडीको सहभागिता  थियो ।