• ४ वैशाख २०८१, मङ्गलबार

घरघरमा नाग पूजा गरिँदै [फोटो फिचर]

blog

काठमाडौं, साउन १७ गते । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी मङ्गलबार परम्परा अनुसार नागको पूजा गरी मनाइदैँछ । यस वर्षको नाग पूजा साउन १७ गते मङ्गलबार  परेको छ ।

नागका बाह्र नाम भए पनि आठ कुलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई  ब्राह्मण पुरोहितबाट पूजा आजा गरी घरको ढोकामाथि टाँसिन्छ ।

घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । 











तस्बिरः सुजन गुरूङ