• १० मंसिर २०८१, सोमबार

विद्युतीय दुर्घटनामा परी भारतमा दशको मृत्यु

blog

साङ्केतिक तस्बिर

नयाँ दिल्ली, साउन १६  गते । विद्युतीय दुर्घटनामा परी भारतमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ ।

देशको पश्चिम बङ्गालमा काम गरिरहेका बेला आइतबार बेलुका घटना भएको प्रहरीले सोमबार जानकारी दिएको छ । दुर्घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारतमा लापरबाही कारण हरेक वर्ष विद्युतीय दुर्घटनामा परी सयौँको मृत्यु हुने गरेको छ । रासस/सिन्ह्वा