• १ जेठ २०८३, शुक्रबार

उद्योग वाणिज्य संघ दोलखामा थापा प्यानलको पूर्ण विजय

blog

विजयी अध्यक्ष सनत थापा ।

बाबुराम शर्मा
दोलखा, जेठ १ गते ।
उद्योग वाणिज्य संघ दोलखा को १६औँ अधिवेशनबाट सनत थापा नेतृत्वको प्यानल पूर्ण रूपमा विजयी भएको छ । बिहीबार सदरमुकाम चरीकोटमा सम्पन्न अधिवेशनमा दिनेश पाठकको प्यानललाई पछि पार्दै थापा समूह विजयी भएको हो ।

अध्यक्ष पदमा सनत थापाले ४६२ मत प्राप्त गर्दै विजय हासिल गर्नुभयो भने दिनेश पाठकले ३५९ मत प्राप्त गरी उपविजेता बन्नुभयो ।

वरिष्ठ उपाध्यक्षमा प्रवीण श्रेष्ठ ४४९ मत, उपाध्यक्ष (पुरुष) मा विवेककुमार खत्री ४४२ मत, उपाध्यक्ष (महिला) मा कल्पना श्रेष्ठ ५०० मत, महासचिवमा सुरेश उप्रेती ४९७ मत, सचिवमा अनिल रिजाल ४४५ मत र कोषाध्यक्षमा रामशरण बस्नेत ५२६ मत ल्याएर विजयी हुनुभएको छ ।

त्यसैगरी दलित सदस्यमा प्रकाश नेपाली, महिला सदस्यमा लक्ष्मी बस्नेत चौलागाईं, शाखा सदस्य देउरालीमा नाम्गेल तामाङ, शाखा सदस्य सिंगटीमा रिमबहादुर ओली तथा खुला सदस्यमा कुमार श्रेष्ठ र राजेश उप्रेती विजयी हुनुभएको निर्वाचन संयोजक राजेन्द्रनारायण श्रेष्ठले जानकारी दिनुभयो ।