• १४ फागुन २०८२, बिहिबार

बादी समुदायलाई नमूना मतदान शिक्षा

blog

मतदानका लागि लाइनमा बादी समुदाय । तस्बिर : सन्तोष दहित

सन्तोष दहित
दाङ, फागुन १४ गते ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै घोराही उपमहानगरमा दलित समुदायलाई नमूना मतदान शिक्षा प्रदान गरिएको छ । महिला सेवा संस्था नेपालको आयोजना तथा महिला कानुन र विकास मञ्चको सहकार्यमा सञ्चालन गरिएको कार्यक्रममा दलित समुदायका महिला र १८ वर्ष पुगेका युवायुवतीलाई निर्वाचनको महत्त्व, मतदान गर्ने तरिका, मतपत्र भर्ने प्रक्रिया तथा मत बदर हुन नदिन ध्यान दिनुपर्ने विषयबारे जानकारी दिइएको थियो।

घोराही उपमहानगरपालिका वडा नं. १३ स्थित बादी समुदायमा सञ्चालन गरिएको नमूना मतदान केन्द्रमा ५७ जनाले मतदान गर्नभएको मतदान शिक्षा निर्वाचन अधिकृतको रुपमा रहनुभएकी प्रमिता चौधरीले जानकारी दिनुभयो । जसमध्ये प्रत्यक्षतर्फ १ मत र समानुपातिकतर्फ २ मत बदर भएको उहाँले बताउनुभयो । नमूना मतदानमार्फत सहभागीहरूले सही तरिकाले मत हाल्ने सीप सिकेको उहाँको भनाइ छ ।

कार्यक्रममा घोराही १३ की वडा सदस्य रामकली घर्ती समुदायमा मतदाता शिक्षा धेरै जरुरी रहेको बताउनुभयो । यस मतदाता शिक्षाले दलित समुदायलाई निर्वाचन प्रति जागरुक बनाउनम धेरै सहयोग पुगेको उहाँको भनाइथियो । यस्तै मतादातामा सहभागी हुनुभएका पूजा बादीले पहिलो पटक मतदाता शिक्षामा सहभागी हुन पाउदाँ धेरै खशी लागेको प्रतिक्रिया दिनुभयो । ‘‘यो वर्ष म मतदाताको रुपमा मतदान गर्दै छु, कसरी मतादन गर्ने होला भन्ने लागेको थियो,’’ उहाँले भन्नुभयो, ‘‘तर, मतदाता शिक्षामा भाग लिएपनि आफु मतदान गर्ने बारेमा प्रष्ट भए ।’’

यस्तै शान्ता बादीले पनि आफ्नो समुदायमा मात्र नभई ग्रामीण वस्तिमा मतदाता शिक्षा  अनिवार्य रहेको बताउनुभयो । त्यस्तै मोहन सुनारले निर्वाचनको महत्त्व तथा मतदान प्रक्रियाबारेमा जानकारी पाउदा आफुलाई थप सहयोग पुगेको बताउनुभयो । उहाँले यस मतदाता शिक्षाले आफुसहित समुदायलाई नै आगामी निर्वाचनमा सही ढङ्गले मतदान गर्ने आत्मविश्वास बढेको बताउनुभयो । मतदान शिक्षाको पर्यवेक्षकको रुपमा रेमन्ता पुन रहनुभएको थियो ।