शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन १४ गते । नइ एकेडेमीले चार साहित्यकारलाई ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले विज्ञप्ति जारी गर्दै प्राडा वासुदेव त्रिपाठी, प्रा. शिवगोपाल रिसाल, प्राडा चूडामणि बन्धु र प्राडा दयाराम श्रेष्ठलाई जनही ५० हजार रुपियाँसहित उक्त पुरस्कार प्रदान गर्ने जनाउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयमा पठनपाठन, अनुसन्धान र सिर्जनाका माध्यमबाट नेपाली भाषा साहित्यको श्रीवृद्धिमा गरिएको योगदानका लागि उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।