• १४ फागुन २०८२, बिहिबार

डेरी उद्योगलाई जरिबाना

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन १४ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गोकर्णेश्वर नगरपालिका–९, अत्तरखेलको भगवती डेरी उद्योगको अनुगमन गरी २० हजार रुपियाँ जरिबाना गरेको छ । 

उक्त डेरी उद्योगको अनुगमनका दर्ता नवीकरण नगरी दुग्धजन्य उद्योग सञ्चालन गर्दै आएको फेला पारेपछि विभागको टोलीले सो बराबरको रकम जरिबाना गरेको जनाएको हो । 

विभागको अनुगमन टोलीले गएको सातादेखि नै निर्वाचनलक्षित अनुगमन गर्दै आएको छ । निर्वाचनका बेलामा नियमनकारी निकायको निर्वाचनतिर बढी केन्द्रित हुँदा बजारमा म्याद नाघेका वस्तु बजारमा बिक्री हुन सक्ने भन्दै अनुगमलाई तीव्र पार्दै आएको विभागका निर्देशक नरहरि तिवारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार विभागको अनुगमन टोलीले बुधबार उक्त डेरी उद्योगसहित १२ वटा खाद्य किराना, डेरी उद्योग, होटेल रेस्टुरेन्टको अनुगमन गरेको छ । अनुगमनका क्रममा केही न केही कैफियत देखिएपछि सुधारको निर्देशन दिएको छ ।