• ४ फागुन २०८२, सोमबार

राष्ट्रिय हक्की सुरु

blog

उद्घाटन खेलअघि हक्की खेलाडी र पदाधिकारी । तस्बिर : राखेप

काठमाडौँ, फागुन ४ गते । दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु भएको छ ।

फागुन ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहताले उद्घाटन गर्नुभयो । 

नेपाल हक्की सङ्घले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ ६ र महिलामा पाँच टोलीको सहभागिता रहेको छ । जसमा पुरुषतर्फ गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम, बागमती प्रदेश र नेपाल पुलिस क्लब सहभागि छन् । यस्तै महिलामा गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम र बागमती प्रदेश रहेको छ ।

पुरुषमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराइने र महिलातर्फ राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुने नेपाल हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टोलीले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपियाँ पुरस्कार पाउनेछ । उत्कृष्ट खेलाडीलाई पाँच हजार र प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ लाई दुई हजार रुपियाँ प्रदान गरिने सङ्घले जनाएको छ ।