• ४ फागुन २०८२, सोमबार

जुम्लामा ७७ हजार प्रत्यक्ष र ८० हजार समानुपातिक मतपत्र आईपुग्यो

blog

नेत्र शाही

जुम्ला, फागुन ४ गते । जुम्लामा प्रतिनिधिसभा निर्वाचनका लागि मत पत्र आईपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले मतपत्र पुगेको जानकारी गरेको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाका अनुसार जुम्लाका लागि प्रत्यक्ष तर्फको ७७ हजार र समानुपातिकको ८० हजार मतपत्र आईतवार जुम्ला आईपुगेको छ । उहाँकाअनुसार सो मतपत्र पेटीमा आएकाले मिलाउन बाँकी रहेको छ । 

फागुन २१ गते हुने निर्वाचनका लागि जुम्लाको मतदाता संख्या ७१ हजार सात सय ३९ रहेको छ । मतदाता भन्दा बढि प्राय गरि १० प्रतिशत मत बढि पठाईने गरिएकाले मतदाता भन्दा केही मत बढि आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

कार्यालयले निर्वाचनका लागि दुईवटा अस्थायी मतदान केन्द्र बाहेक १०८ वटा मतदान केन्द्रमा ६४८ जना कर्मचारी खटाईसकेको छ ।