शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २ गते । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ मा नेपालविरुद्धको खेलका लागि वेस्ट इन्डिजले शनिबार अन्तिम तयारी गरेको छ ।
समूहमा अपराजित वेस्ट इन्डिजले नेपाललाई कमजोर रुपमा नलिएको र आफुहरु जितको लय जारी राख्ने बताएको छ । नेपाल र वेस्टइन्डिजको खेल मुम्बईस्थित वनखेडे मैदानमा दिउँसो ११:१५ बजे सुरु हुने छ ।
वेस्ट इन्डिज नेपाललाई हराएर सुपर आठमा पुग्ने लक्ष्यमा छ । अघिल्ला दुई खेलमा लगातार जित निकाल्दै चार अङ्कसहित शीर्षस्थानमा रहेको वेस्ट इन्डिज उत्कृष्ट लयमा छ । यता नेपाल भने वेस्ट इन्डिजको लयमा ब्रेक लगाउने अभियानमा छ ।






