काठमाडौँ, मफागुन २ गते । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘बी’ को खेलमा आयरल्यान्डले ओमानलाई ९६ रनले पराजित गरेको छ । लगातार तेस्रो हारसँगै ओमान विश्वकपबाट बाहिरिएको छ ।
कोलम्बोमा शनिबार भएको खेलमा जितका लागि दुई सय ३६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको ओमान १८ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३९ रनमा समेटिएको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ३५ रनको ठूलो योगफल खडा गरेको थियो ।
आयरल्यान्डका लागि कप्तान लोर्कान टुकरले अविजित ९४ र ग्यारेथ डेलानीले ५६ रन बनाउनुभयो । तीन खेलमा पहिलो जितसँगै दुई अङ्क बनाएको आयरल्यान्ड चौथो स्थानमा छ ।
तेस्रो हार खेपेको ओमान अङ्कबिहीन बन्दै अन्तिममा छ । शीर्षस्थानमा रहेको श्रीलङ्का र जिम्बाबेले दुई खेलबाट चार चार अङ्क बनाएको छ । अष्ट्रेलिया दुई अङ्कसहित तेस्रो स्थानमा छ ।