• ६ कात्तिक २०८१, मङ्गलबार

स्टकल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

blog

फाइल तस्बिर ।

काठमाडौं, साउन १ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको चौथो खेलमा नेपालले अहिले घरेलु टोली स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । टिटवुड ग्लासगो मैदानमा स्टटल्यानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।

खराब ब्याटिङका कारण नामाबियाविरुद्ध दुवै खेल गुमाएको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई भने पाँच विकेटले हराएको थियो । नेपाल आजपनि स्कटल्यान्डलाई हराएर तालिकामा सुधार गर्ने लक्ष्यमा छ । स्कटल्यान्डपनि नेपालसँग पहिलो खेलमा हारेको बदला लिने तयारीमा छ । नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । नेपालले १९ खेलबाट १७ अङ्क बनाएको छ ।