• २६ माघ २०८२, सोमबार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, माघ २६ गते । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ७६ पैसा र बिक्रीदर १४५ रुपियाँ ३६ पैसा तोकिएको छ । 

 यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ ०६ पैसा र बिक्रीदर १७१ रुपियाँ ७७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपियाँ ०७ पैसा र बिक्रीदर १९७ रुपियाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपियाँ ६१ पैसा र बिक्रीदर १८७ रुपियाँ ३८ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपियाँ ५७ पैसा र बिक्रीदर १०१ रुपियाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपियाँ ८२ पैसा र बिक्रीदर १०६ रुपियाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपियाँ ८८ पैसा र बिक्रीदर ११४ रुपियाँ ३५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २१ पैसा र बिक्रीदर नौ रुपियाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ८६ पैसा र बिक्रीदर २० रुपियाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ६० पैसा र बिक्रीदर ३८ रुपियाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ७१ पैसा र बिक्रीदर ३९ रुपियाँ ८८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६० पैसा र बिक्रीदर चार रुपियाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ४१ पैसा र बिक्रीदर ३९ रुपियाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपियाँ ६७ पैसा र बिक्रीदर ३६ रुपियाँ ८२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८९ पैसा र बिक्रीदर नौ रुपियाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ०४ पैसा र बिक्रीदर १६ रुपियाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ९० पैसा र बिक्रीदर २२ रुपियाँ ९९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ५३ पैसा र बिक्रीदर १८ रुपियाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७३ रुपियाँ ६९ पैसा र बिक्रीदर ४७५ रुपियाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपियाँ ९८ पैसा र बिक्रीदर ३८५ रुपियाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपियाँ ०२ र बिक्रीदर ३७७ रुपियाँ ५८ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

 राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस