• २४ माघ २०८२, शनिबार

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डङ्गोल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २४ गते । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रिना डङ्गोल नियुक्त हुनुभएको छ । २०८२ माघ २२ गतेको प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णय अनुसार उहाँलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निमित्त प्रबन्ध निर्देशक तोकेको जनाइएको छ । 

नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डङ्गोलले बङ्गलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बिई गर्नुभएको छ । उहाँ २०५१ जेठ १ देखि तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी कर्मचारीका रूपमा सेवा प्रवेश गरी २०५२ जेठ ९ मा स्थायी हुनुभएको थियो । 

उहाँले २०८० जेठ ३२ देखि नेपाल टेलिकमको नायब प्रबन्ध निर्देशक नियुक्त हुनुभएको थियो र प्रादेशिक निर्देशनालय, विराटनगर र काठमाडौं एवं वायर लाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारीसमेत पूरा गरिसक्नुभएको छ ।  पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डङ्गोलले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्नुभयो ।