• २४ माघ २०८२, शनिबार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, माघ २४ गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ७६ पैसा र बिक्रीदर १४५ रुपियाँ ३६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपियाँ ७० पैसा र बिक्रीदर १७१ रुपियाँ ४१  पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपियाँ ७२ पैसा र बिक्रीदर १९७ रुपियाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपियाँ ०९ पैसा र बिक्रीदर १८६ रुपियाँ ८६ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपियाँ ०१ पैसा र बिक्रीदर १०१ रुपियाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपियाँ ७८ पैसा र बिक्रीदर १०६ रुपियाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपियाँ ६८ पैसा र बिक्रीदर ११४ रुपियाँ १६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २२ पैसा र बिक्रीदर नौ रुपियाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ८६ पैसा र बिक्रीदर २० रुपियाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ६० पैसा र बिक्रीदर ३८ रुपियाँ ७६  पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ६१ पैसा र बिक्रीदर ३९ रुपियाँ ७७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ४१ पैसा र बिक्रीदर ३९ रुपियाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपियाँ ६७ पैसा र बिक्रीदर ३६ रुपियाँ ८२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ८७ पैसा र बिक्रीदर ९ रुपियाँ ९१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ९८ पैसा र बिक्रीदर १६ रुपियाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ८६ पैसा र बिक्रीदर २२ रुपियाँ ९५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ५२ पैसा र बिक्रीदर १८ रुपियाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७३ रुपियाँ ६९ पैसा र बिक्रीदर ४७५ रुपियाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपियाँ ९७ पैसा र बिक्रीदर ३८५ रुपियाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपियाँ ०२ र बिक्रीदर ३७७ रुपियाँ ५८ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस