बिष्णुप्रसाद पोखरेल
दमक, माघ २३ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले राजनीतिमा आउने युवाहरुलाई स्वागत गर्ने बताउनुभएको छ ।
उहाँले राजनीतिमा युवाहरु आउनु सकारत्मक भएको जनाउदै यस्तो बताउनुभएको हो । शुक्रबार गृह जिल्ला झापामा आफ्नो चुनावी कार्यक्रममा सहभागी हुन चन्द्रगढी बिमानस्थल हुँदै ओली दमक आउनुभएको छ ।
‘एमालेमा युवाहरुलाई हामी सधै स्वागत गर्छौ र गरेका छौ’, उहाँले भन्नुभयो । ओली झापा जिल्ला मात्र नभएर देश नै एमालेमय भइरहेको दाबी गर्नुभयो । फागुन २१ गते हुने निर्वाचनमा झापाको क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका ओलीले शनिवार र आइतबार कमल गाउँपालिकाका बिभिन्न टोलमा मतदातालाई भेटघाट गर्ने कार्यक्रम तय भएको निर्वाचन परिचालन समितिका संयोजक देबेन्द्र दहालले बताउनुभयो ।
रास्वपाका बरिष्ठ नेता बोलेन्द्र साह, नेपाली काँग्रेसकी महिला नेतृ मन्धरा पौड्याल, नेकपाका रञ्जित तामाङ, राप्रपाका लक्ष्मिप्रसाद संग्रौला लगायतका उम्मेद्वाहरु यहाँ चुनावी मैदानमा हुनुहुन्छ ।