• २३ माघ २०८२, शुक्रबार

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

blog

बिष्णुप्रसाद पोखरेल
दमक, माघ २३ गते ।
झापामा एक व्यक्तिको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर–१० सत्रविघेमा बिहीबार बेलुका खेम ढकाल हत्या भएको प्रहरीले जनाएको छ । छिमेकीको घरबाट आफ्नो घरतर्फ आउँदै गर्दा एक समूहले ढकाललाई सिरिञ्ज प्रयोग गरी आक्रमण गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार स्थानीय गाउँलेहरूको प्रतिकारपछि उक्त समूह फरार भएको थियो । आक्रमणमा गम्भीर घाइते बनेपछि ढकाललाई स्थानीयले उपचारका लागि ओमसाइ अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।  

हत्याका कारण नखुलेको खड्काले बताउनुभयो । स्थानीयको सहयोगमा घटनामा संलग्नता रहेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरिएको र आवश्यक अनुसन्धान भइरहेको खड्काले जनाउनुभयो । पक्राउ परेका ब्याक्ति एमबिबिएस पढ्दै गरेका विद्यार्थी रहेको जनाइएकोछ ।