अर्जुन काफ्ले
स्याङ्जा, माघ २३ गते । जिल्ला प्रसासन कार्यालय स्याङ्जाले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको समयावधिमा ३६ थान हतिरयार बुझाएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्ति पूर्ण, निपक्ष, भयरहित बनाउने उद्देश्यले हतियार बुझाउन आग्रह गरेको थियो ।
यहाँ २० राइफल, ५६ सटगन, १९ भरुवा र अन्य २३ गरेर ११८ वटा हतिरयार जिल्ला प्रशासनबाट इजाजत लिएर यहाँ जिल्ला बासीसँग रहेको छ ।
प्रशासनको १५ दिने सूचना पश्चात यहाँ ११ राइफल, ११ सर्टगन, १२ भरुवा र अन्य दुई बन्दुक प्रहरी प्रशासनलाई बुझाएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।
यहाँ इजाजत प्राप्त हतिरयार नागरिकले थारै बुझाइएको छ भने हतियार नबुझाउनेहरुको हकमा के गर्ने भन्ने सुरक्षा समितिले निर्णय गर्ने छ ।
हरेक निर्वाचनमा जिल्ला भित्रका इजाजत हतियार भएकाबाट हतियार खरखजाना ऐन २०१९ को दफा ८ बमोजिम हतियार प्रहरीलाई बुझाउने गरिएको छ ।