• २२ माघ २०८२, बिहिबार

चितुवाको आक्रमणबाट एक युवाको मृत्यु

blog

यज्ञप्रसाद सापकोटा 

गुलरिया(बर्दिया) माघ २२ गते। बर्दियामा सामुदायिक वनमा घाँस काट्न गएको बेलामा चितुवाले आक्रमण गर्दा एक युवाको मृत्यु भएको छ। गुलरिया नगरपालिका–५, तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको चितुवाको आक्रमणबाट मृत्यु भएको हो। 

बारबर्दिया नगरपालिका–११, भेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा रोकायको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले बताउनुभयो। 

गत माघ ७ गते सोही क्षेत्र आसपासमा तोरीबारीमा काम गर्ने क्रममा चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका–११, बेलभारकी खिदनी थारूको मृत्यु भएको थियो।