• २२ माघ २०८२, बिहिबार

म्यानचेस्टर सिटी लिग कपको फाइनलमा

blog

गोल गरेपछि सिटीका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौँ,माघ २२ गते । म्यानचेस्टर सिटी लिग कपको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई ३–१ गोलले हरायो ।

सिटी समग्रमा ५–१ गोलको जित निकाल्दै फाइनलमा पुगेको हो । सिटीको जितमा ओमार मोर्मोउसले दुई तथा तिजानी रेइजन्डर्सले एक गोल गर्नुभयो । न्युक्यासलका लागि एक मात्र गोल एन्थोनी एलान्गाले गर्नुभयो । यसअघि पहिलो लेगमा सिटी २–० गोलले विजयी भएको थियो ।

सिटीले फाइनलमा मार्च २२ तारिख आर्सनलसँग खेल्ने छ । आर्सनलले चेल्सीलाई हराएर फाइनलमा स्थान बनाइसकेको छ । एजेन्सी