• १० मंसिर २०८१, सोमबार

साताका उत्कृष्ट १० तस्बिर (फोटोफिचर)

blog

रुखमा बास बसेका चरा: तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित रुखमा रातको समयमा बास बसेका चराहरु ।

काठमाडौं, असार ३२ गते । यो सातामा कैद भएका उत्कृष्ट १० तस्बिरहरु । 


भकारी बुन्दै १०५ वर्षीय पुर्जा: पश्चिम म्याग्दीको  धवलागिरि गाउँपालिका– ४ बगरका  १०५ वर्षीय पवबहादुर पुर्जा घरको आँगनमा बसेर भकारी बुन्दै । पुर्जाले यो उमेरमा पनि जङ्गलबाट निगालो ल्याई भकारी बुन्नुका साथै घरायसी काम गर्दै आउनुभएको छ । 


भरियाको सहारामा  पाथीभरा देवीको दर्शन : ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजा गर्न  आएका भक्तजनलाई बोकेर मन्दिरतर्फ लैजाँदै एक भरिया। 


खेती गर्दै कृषक : बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका- ११ जब्दी गाउँमा पावर टिलरबाट खेती गर्दै कृषक । 


खेत जोत्दै : परम्परागत ढङ्गले गोरुको सहयाेगमा खेत जोत्दै मेलम्ची- १० का किसान । 


दोधारा चादँनी झोलुङ्गे पुल : कञ्चनपुरको महाकाली नदीमा निर्माण गरिएको दोधारा चाँदनी झोलुङ्गे पुल । एशियाकै लामो मानिने झोलुङ्गे पुल आन्तरिक तथा बाह्य पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । 


मराङ खोलामा पक्की पुल : म्याग्दीको मालिका गाउँपालिका–७ र धवलागिरि गाउँपालिका–६ को सिमाना मराङखोलामा निर्माणाधीन पक्की पुल । यो पुल निर्माण भएपछि धवलागिरि गाउँपालिकाको वडा नं ५ मल्कवाङ र वडा नं ६ मराङका स्थानीयबासीलाई आवतजावतमा सहज हुनेछ । 


धान र बादल : पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडास्थित बेलबुटे क्षेत्रबाट देखिएको हरियो बन्दै गरेको धान र बादलसँग लुकामारी खेलेको माछापुच्छ्रे हिमाल ।


धान खेती पकेट क्षेत्र:  बैतडीको पाटनस्थित धान रोपेको खेतको सुन्दर दृश्य । पाटन धान खेतीकाे पकेट क्षेत्र हो । तस्बिरहरुः रासस