• १३ माघ २०८२, मङ्गलबार

तत्कालीन माओवादी केन्द्रका लामा एमालेमा प्रवेश

blog

नेकपा (एमाले) का अध्यक्ष समक्ष नेकपा (माओवादी केन्द्र) का तत्कालीन काठमाडौँ महानगर कमिटीका अध्यक्ष राजेश लामा पार्टी प्रवेश गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

भक्तपुर, माघ १२ गते । नेकपा (माओवादी केन्द्र) का तत्कालीन काठमाडौँ महानगर कमिटीका अध्यक्ष राजेश लामा नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ। सोमबार दिउसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा अध्यक्ष ओलीले उहाँलाई पार्टी प्रवेश गराउनुभएको हो ।

पार्टीको झन्डा, नेपालको झन्डा र खादा ओढाएर लामासहित तत्कालीन माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य विष्णु जोशी समेत पार्टी प्रवेश गर्नुभएको छ । राजेश लामाले एमाले प्रवेश गर्न अलि ढिलो भएको बताउनुभयो। कमिटीका अध्यक्ष लामासँगै जोशीलाई समेत अध्यक्ष ओलीले पार्टी प्रवेश गराउनुभयो ।