• १२ माघ २०८२, सोमबार

निर्वाचन सुरक्षामा कमी कमजोरी नगरी खटिन महानिरीक्षक अर्यालको निर्देशन

blog

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल । फाइल तस्बिर

काठमाडौँ, माघ १२ गते । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनीधि सभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा माघ ११ गतेदेखि सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरुमा प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतहरुलाई निर्देशन दिनुहुँदै महानिरीक्षक अर्यालले सो कुरा बताउनुभएको हो ।

महानिरीक्षक अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारवाहीलाई तिब्र रुपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेतर्फ ध्यान दिन उहाँले निर्देशन दिनुभयो । कमजोर कमाण्ड र गल्ती गर्ने कमाण्डर माथि तत्का कारवाही गर्ने बताउनुहुँदै उहाँले उच्च मनोवलकासाथ काम गर्न निर्देशन दिनुभयो ।  

उहाँले कमाण्डको जिम्मेवारीमा खटिजान लागेका सशस्त्र प्रहरी अधिकृतहरुलाई पदिय जिम्मेवारीमा रही कार्यक्षेत्रमा खटिदा बदमासी र नराम्रो काम गरेमा तत्कालै कारवाही गरिने बताउनुहुँदै निर्वाचन सफल बनाउन मातहत कर्मचारीहरुलाई निर्वाचन आचारसंहिताको पूर्णरुपमा पालनागरी परिचालित हुन निर्देशन दिनुभयो ।

महानिरीक्षक अर्यालले संगठनले लिएको सोच र नीति अनुसार कार्यक्षेत्रमा खटिदा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु आ–आफ्नो जिम्मेवारीमा थप सक्रियताकासाथ परिचालिन हुनुपर्ने बताउनुहुँदै राजश्व चुहावट नियन्त्रणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण इकाईहरुले आर्थिक पारदर्शीता कायम गरी भ्रष्टचारमा शुन्य सहनशिलताकासाथ कार्यसम्पादन गर्नुपर्ने बताउनुहुँदै सीमामा खटिदा अझ बढी सक्रिय भई गस्ती, पट्रोल तथा अप्रेशनल कामकारवाही संचालन गर्न समेत निर्देशन दिनुभयो ।