काठमाडौँ, माघ १२ गते । नेपालकी सीता रानामगरले खराब फिल्डिङ र ब्याटिङमा साझेदारी बन्न नसक्दा आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा स्कटल्यान्डसँग फराकिलो हार सामना गर्नु परेको बताउनुभएको छ ।
कीर्तिपुरमा सोमबार भएको खेलमा नेपाल सोमवार स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएपछि विश्वकप छनोटको सुपर सिक्समा पुग्न असफल भयो ।
यससँगै नेपालकी अनुभवी खेलाडी सीताले फिल्डिङमा लगातार गल्ती गर्दा स्कटल्यान्डलाई सामान्य योगफलमा रोक्न असफल भएको बताउनुभएको हो । यस पिचमा १२० रनको लक्ष्य धेरै कम रहेको उल्लेख गर्दै कम योगफलमा रोक्ने देखिए पनि फिल्डिङमा गल्ती भएको उहाँको भनाइ छ ।
फिल्डरले नै लगातार ३र४ वटा चौका रोक्न असफल भएको उहाँले उल्लेख गर्नुभयो । पूजा महतो आउट भएपछि नै कप्तान इन्दु बर्मा घाइते हुनु र आफ्नो विकेट पनि पतन हुँदा खेलले टर्निङ पोइन्ट बनेको पनि उहाँदे बताउनुभयो ।
पूजा र इन्दु बाहिरिएपछि आफूहरूले इनिङ समाल्न नसकेको उहाँको भनाइ छ । सिनियर खेलाडीले साझेदारी बनाउन नसकेको सीताको भनाइ छ । सीताले लक्ष्य ठूलो भएपछि छिटै चेज गर्ने उद्देश्य रहेकाले पनि दबाब भएको बताउनुभयो ।
‘‘सुपर सिक्समा पुग्न नसकेपनि समग्रमा छनोट राम्रो बनेको छ । जिम्बाब्वे जस्तो टिमलाई हराउनु पनि सुखद पक्ष रह्यो । यो टिमसँग अभैm आफ्नो करियर अगाढि बढ्ने विश्वास छ । छनोटका लागि नेपाली टोलीको मुख्य प्रशिक्षक हर्षल पाठक पनि ढिलो आउँदा तयारी अभैm राम्रो हुन सकेन ।’’