न्यूयोर्क, माघ १२ गते । संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोग (ओएचसीएचआर) ले दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै गएकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्र सङ्घले यस्तो घटनाक्रमले नागरिक विरुद्ध सामूहिक हिंसाको जोखिमलाई उल्लेखनीय रूपमा बढाउने र शान्ति सम्झौतालाई अझ बिगार्ने चेतावनी दिएको छ ।
ओएचसीएचआरले प्रभावकारी कमान्ड र नियन्त्रण प्रयोग गर्ने कमान्डर लगायतका सार्वजनिक बयान, सेना परिचालनसँग मिल्दोजुल्दो हुदाँ शान्ति प्रक्रियाको आधार कमजोर भएको क्षणमा हिसांत्कम क्रियाकलापमा वृद्धि हुने जनाएको छ । आयोगले अपराध रोक्न वा सजाय दिन असफल हुनेलाई आपराधिक रूपमा जिम्मेवार ठहरसमेत गरेको छ ।
आयोगले शान्ति सम्झौताको निरन्तर उल्लङ्घन र अस्थिर र जातीय रूपमा विभाजित वातावरणमा कमान्डबाट सञ्चालित व्यापक राजनीतिक विच्छेदको हिस्सा भएको उल्लेख गरेको छ । आयोगले क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारलाई शान्ति सम्झौताको संरक्षण गर्न तत्काल पुनः संलग्न हुन र दक्षिण सुडानका नेतालाई उनीहरूले प्रतिबद्ध गरेको राजनीतिक मार्गमा फर्कन दबाब दिन माग गर्दै तनाव कम गर्न तत्काल भड्काउने बयानबाजी र सेना परिचालन बन्द गर्न सबै पक्षलाई आह्वान गरेको छ । रासस/क्युएनए