• १ माघ २०८२, बिहिबार

सुनसरीमा ट्रक दुर्घटना : पाँच जनाको मृत्यु

blog

सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका–८ मा दुर्घटना भएको ट्रक । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 
इनरुवा, माघ १ गते ।
सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को. १ ख. ४५४१ नम्बरको ट्रक सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका–८ उल्टी फूलचाेक सडक खण्ड छेउमा दुर्घटना भएको हो ।

दुर्घटनामा पाँच जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जनाकारी दिनु भयो ।

उहाँका अनुसार मार्वल लोड भएको ट्रक बिहीबार बिहान हुलाकी राजमार्गअन्तर्गत भोक्रहा नरसिंह गाउँपालिका–८ फूलचाेक जाने बाटोमा दुर्घटना भएको हो ।

मृतकहरूको सनाखत हुन बाँकी रहेको छ भने शव पोस्टमार्टमका लागि जिल्ला अस्पातल ल्याउन मुचुल्काको काम अगाडि बढाएको छ ।