• २४ पुस २०८२, बिहिबार

सुदूरपश्चिमबाट एमाले, कांग्रेस र नेकपाका उम्मेदवारले दर्ता गरे उम्मेदवारी

blog

उम्मेदवारी दिनु भएका नेताहरू ।

निराजन परियार

चौमाला (कैलाली), पुस २३गते । राष्द्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन कार्यक्रम अनुसार धनगढीस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरिएको हो। 

केन्द्रमा भएको सहमति अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले एक–एक सिटका लागि उम्मेदवारी दर्ता गरेका छन्। नेपाली कांग्रेसको तर्फबाट खम्ब खातीले उम्मेदवारी दर्ता गर्नु भयो । नेकपा (एमाले) को तर्फबाट लीला भण्डारीले उम्मेदवारी दर्ता गर्नु भयो । 

कांग्रेस–एमालेबिच भएको राजनीतिक समझदारी अनुसार दुवै दलले छुट्टाछुट्टै सिटमा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गरेका हुन् । खातीको प्रस्तावकमा पदमबहादुर शाही र एमालेको चक्रबहादुर मल्ल समर्थक छन् । त्यस्तै भण्डारीको प्रस्तावक प्रदेश सांसद धर्मराज पाठक र समर्थक सन्तोष शर्मा थापा रहनु भएको छ । 

यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा निर्वाचनका लागि एकल रूपमा उम्मेदवारी दिएको छ। सो पार्टीको तर्फबाट महिलातर्फ रोजी बस्नेत सुनार र पुरुषतर्फ टीकाराम जैशीले उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।