• २४ पुस २०८२, बिहिबार

कम्बोडिया थाइल्यान्डसँगको युद्धविराम लागु गर्न प्रतिबद्ध : हुन सेन

blog

नोम पेन(कम्बोडिया), पुस २३ गते । सामडेक टेको सत्तारूढ कम्बोडियन पिपुल्स पार्टीका अध्यक्ष हुन सेनले बुधबार दुवै राष्ट्रका लागि शान्ति पुनर्स्थापना गर्न थाइल्यान्डसँगको युद्धविराम कडाईका साथ र पूर्ण रूपमा कार्यान्वयन गर्न कम्बोडिया प्रतिबद्ध रहेको बताउनु भएको छ । 

सिनेटका अध्यक्ष हुन सेनले कम्बोडिया र थाइल्यान्डबिच शान्ति पुनस्र्थापनाले यस क्षेत्रको शान्ति, सुरक्षा, स्थिरता र समृद्धिमासमेत योगदान पुर्याउने बताउनु भएको छ । कम्बोडियाको तर्फबाट उहाँले सबै मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदाय, विशेष गरी संयुक्त राज्य अमेरिका, जन गणतन्त्र चीन, र आसियान अध्यक्षको रूपमा मलेसियाको समन्वयमा आसियान सदस्य राष्ट्रको सक्रिय सहयोग र सहभागिताको लागि कृतज्ञता व्यक्त गर्नु भएको छ । कम्बोडिया र थाइल्यान्डले तीन हप्ताको सशस्त्र द्वन्द्वपछि सन् २०२५ डिसेम्बर–२७ मा तत्काल युद्धविराम गर्न सहमत भएका थिए । रासस/सिन्ह्वा