ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस २० गते । भौगोलिक रुपमा विकट रहेको रघुगङ्गा गाउँपालिका –८ कुइनेमङ्गलेस्थित रितुङ माविमा अध्ययनरत छन्त्याल विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
पेसा र रोजगारीका लागि अस्ट्रेलियामा पुगेकाहरुको संस्था छन्त्याल परिवार अस्ट्रेलियाले विद्यालयमा अध्ययनरत ३४ जना छन्त्याल विद्यार्थीलाई झोला, कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरेको हो ।
संस्थाले म्याग्दी र बागलुङ गरेर करिब ६ सय विद्यार्थीलाई झोला, कपी र कलम वितरण गर्ने योजनाअन्तर्गत रितुङ माविबाट कार्यक्रम सुरु गरेको संस्थाका अध्यक्ष बुद्धिमान छन्त्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार म्याग्दी र बागलुङका छन्त्याल वस्तीमा रहेका विद्यालयहरुमा अध्ययनरत छन्त्याल विद्यार्थीको तथ्याङ्क सङ्कलन गरL शैक्षिक सामग्री वितरण गरिनेछ । पहिलो चरणमा दुई सय ५० जनालाई र बाँकीलाई अर्को चरणमा वितरण गर्ने योजना बनाएको उहाँको भनाइ छ ।
शनिबार नेपाल छन्त्याल स3|घ प्रारम्भिक समिति घ्यासीखर्कको समन्वयमा रघुग3|गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो ।
विद्यार्थीलाई शैक्षिक सामग्री विवतरण गर्दै गाउँपालिका अध्यक्ष भण्डारीले विदेशमा श्रम गर्न पुगेका छन्त्यालहरुले आफ्नो समुदायका विद्यार्थीको शैक्षिक विकासका लागि सहयोग गर्ने प्रयास उदाहरणीय भएको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक खिमबहादुर छन्त्यालले आर्थिकरुपमा कमजोर विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोगले पठनपाठनमा सहयोग पुग्ने बताउनुभयो ।