• १८ पुस २०८२, शुक्रबार

यू–१९ राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी श्रेष्ठलाई

blog

यू–१९ राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक धनकुटाका सुमन श्रेष्ठ

कविराज घिमिरे 
हिले, पुस १८ गते ।
धनकुटाका सुमन श्रेष्ठ यू–१९ राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुनु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

यसअघि नेपालका चर्चित क्लव चर्च ब्वाइज, हिमालयन शेर्पा, पोखरा थण्डर्स, सशस्त्र प्रहरीको एपिएफ लगायतका फटबल टिममा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरिसक्नु भएका श्रेष्ठलाई राष्ट्रिय स्तरको टोलि प्रशिक्षकको जिम्मेबारी पहिलो पटक दिइएको हो ।

आगामी माघ १७ देखि २४ गतेसम्म पोखरामा साफ यू–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता हुँदैछ । त्यहि प्रतियोगिताको पूर्वसध्यामा श्रेष्ठलाई टोली नेताको जिम्मेवारी दिएको हो । एन्फाका महासचिव किरण राईले आफूलार्ई १९ वर्षमुनिको राष्ट्रिय फुटबल महिला टिमको मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको श्रेष्ठले जानकारी दिनु भयो । आफुले सकेसम्म टोलीका लागि उत्कृष्ठ गर्ने उहाँको भनाइ छ ।