शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
पर्वत, पुस १८ गते । भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।
मोदी गाउँपालिका–१, भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८, रामदुवाली जोड्ने यो पुलको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
पुलको दुवैतर्फको पिल्लर, स्लाब ढलानलगायत सबै काम पूरा भएको छ । आगमी एक महिनामा सम्पूर्ण काम पूरा हुने पोखरास्थित सडक डिभिजन कार्यालयका इन्जिनियर ध्रुव पोखरेलले बताउनु भयो । पुल निर्माणका लागि छ करोड १३ लाखमा ठेक्का सम्झौता भएको थियो । रासस