अर्जुन काफ्ले
स्याङ्जा, पुस १८ गते । अर्जुनचौपारी गाउँपालिका १ मा रहेको पञ्चकन्या माविलाई खुमा अर्याल फाउण्डेसनले दुई वटा कम्प्युटर सेट प्रदान गरेको छ ।
फाउन्डेसनले विद्यालयको ५१ औं वार्षिकोत्सव समारोहमा मोनिटर, सिपियु, किबोर्ड र माउससहितका सामग्री प्रदान गरेको हो ।
फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्मासहितको टोलीले विद्यालयलाई कम्प्युटर सेट हस्तान्तरण गरेको हो ।
विद्यालयमा विद्यार्थीहरुलाई प्रविधि मैत्री शैक्षिक सिकाइका लागि कम्प्युटर कमी भएको र व्यवस्थापन समितिले माग गरेसँगै प्रदान गरेको शर्माले बताउनुभयो ।
कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका प्रमुख सेवक प्रकाश तिवारीले एक्लै कसैले विद्यालयको शिक्षालाई राम्रो बनाउन नसक्ने बताउनुभयो ।
उहाँले विद्यालयलाई राम्रो बनाउन शिक्षक, अभिभावक र विद्यार्थीको समाजन दायित्व रहेको बताउनुभयो ।
शिक्षालाई उत्कृष्ठ बनाउन स्थानीय सरकार विद्यालयसँग हातेमालो गर्न तयार रहेको बताउदै तिवारीले तर वातावरण राम्रो हुनुपर्ने बताउनुभयो ।